साहित्य

आमा !

-नविन बिक                                                                -कविता

दुःख ! पायौ आमा, जन्माईछौ कस्ता कपुतहरु
सुख पाउथ्यौहोला तर, मारिदिए तिम्रा सपुतहरु
तिमी हामी सबकी थियौ, तर अहिले भागबण्डा गरेछन्
कपुतहरु तिम्लाई लुछाचुडी गर्दा, जंगे पिल्लर सरेछन्

तिम्रो लागि औषधि किन्दानी, यीनले नाफा खाए अरे
आमालाई किन ठगीस् भन्दा, समातेर हातकडी लाए अरे
दुई चार झापड हानेर, यीनलाई किन सिस्नु पानी लाईनौ
चम्धारा रुवाए तिमीलाई आमा, कहिल्यै सुख पाईनौ

यीनीहरु धेरै माते आमा, ध्रुबे हात्ती जस्तै सार्है मद्धा भए
कान नसुन्ने आँखा नदेख्ने, लाज नलाग्ने कस्तो भद्दा भए
जाग आमा यीनलाई अब, आफ्नो कर्तव्यको पाठ सिकाउ
लठ्ठी हान झापड हान, परे बरु अरु सन्तान नेपाल झिकाउ

(आज आमाको मुख हेर्ने, आमा खुवाउने औंसी, मेरी नेपाल आमा सहित सम्पूर्ण आमाहरुलाई सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना)