अन्तर्राष्ट्रिय

कोरोनाः विश्वभरी नीको हुने ७ लाख १७ हजार वढी, मृतकको संख्या १ लाख ८४ हजार नाघ्यो

११ बैशाख एजेन्सी । कोरोना महामारीबाट विश्वभर मृत्य हुनेहरुको संख्या १ लाख ८४ हजार नाघेको छ । वल्र्ड मिटरको बिहान साढे ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर यो महामारीबाट १ लाख ८४ हजार १८६ जनाको मृत्यु भएको हो । विश्वमा कूल संक्रमितको संख्या २६ लाख ३६ हजार ९ सय ८९ पुगेको छ ।

यस्तै ७ लाख १७ हजार ५ सय २७ उपचारपछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा ४७ हजार ६ सय ६३ को मृत्यु भएको छ भने ८ लाख ४८ हजार ७ सय ३५ संक्रमित भएका छन् ।

यस्तै, इटालीमा २५ हजार ८५ को मृत्यु र १ लाख ८७ हजार ३ सय २७ संक्रमित, स्पेनमा २१ हजार ७ सय १७ को मृत्यु, २ लाख ८ हजार ३ सय ८९ संक्रमित, फ्रान्समा २५ हजार ८५ को मृत्यु, १ लाख ५९ हजार ८ सय ७७ संक्रमित, जर्मनीमा ५ हजार २ सय ७९ को मृत्यु, १ लाख ५० हजार ६ सय ४८ संक्रमित छन् ।

बेलायतमा १८ हजार १ सय को मृत्यु भएको छ भने १ लाख ३३ हजार ४ सय ९५ जना संक्रमित भएका छन् । मध्यपूर्वको देश टर्कीमा पनि १ लाखको हाराहारीमा संक्रमित पुगेका छन्। त्यहाँ ९८ हजार ६ सय ७४ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ।