पु.समाचार

फेसबुक र ट्वीटरमा जथाभावी लेखेको आरोपमा पुर्ब सचिव भीम उपाध्याय पक्राउ

१० बैसाख, काठमाडौं । पूर्ब सचिव भीम उपाध्याय पक्राउ परेका छन् । सामाजिक संजाल फोसबुक र ट्वीटरमा अफ्बाह फैलाएको आरोपमा उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उपाध्यायले स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार लगायतमा सामाजिक सञ्जालमा सरकारको बिरोध गर्दै आएका थिए ।

उनलाई साईबर अपराध मुद्धा चलाईने त्यसका लागि बिहीबार अदालत पेश गरिने बताईएके छ । उनी सोह्रखुट्टे प्रहरीको हिराशतमा छन् ।