राजनीति

समाजबादी र राजपा एकीकरणमा हस्ताक्षर, नयाँ पार्टीको नाम जनता समाजबादी पार्टी नेपाल

१० बैसाख, काठमाडौं । संघीय समाजबादी र राजपा एकीकरणमा हस्ताक्षर भएको छ । संघीय समाजबादी र राजपा फुटाउने हेतुले दुई पार्टीबीच एकीकरण नगरि नहुने देखेर दुई पार्टीका नेताहरुले चार  बुँदे सहमती गर्दै पार्टी एकीकरण गरेका छन् ।

समानताको आधारमा पार्टी एकता गर्ने भन्दै राजपाको चुनाव चिन्ह र संघीय समाजबादीको झण्डा रहेमा सहमती भएको छ ।

नयाँ पार्टीको नाम जनता समाजबादी पार्टी नेपाल रहने बिज्ञप्तीमा बताईएको छ । सम्झौतामा ८ जना नेताको हस्ताक्षर छ ।