सामाजिक सञ्जाल

सत्तापक्षले एकलौटी गर्‍यो भन्दैमा भाग दिनुपर्छ भन्ने राप्रपाको माग होइनः अध्यक्ष थापा

१० बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सत्तापक्षले एकलौटी गर्‍यो प्रतिपक्षीलाई पनि भाग दिनुपर्छ भन्ने आफूहरुको माग नभएको बताएका छन् । उनले ट्वीट गर्दै राप्रपा भागबन्डाको बिरुद्धमा भएको जनाउँदै सरकारले जारी गरेका अध्यादेशहरु अनुपयुक्तरअनावश्यकरसंविधानको भावना विपरित रहेको राप्रपाको ठहर भएको दोहोर्याएका छन् ।
उनले अहिलेको अवस्थामा दलहरुले ‘ग्याङ–अप’ गरेर अस्थिरता सिर्जना गर्ने नभएर संसदमा संवैधानिक प्रक्रियाबाट समाधान खोज्नुपर्ने बिचार राखेका छन् ।

अध्यक्ष थापाको ट्वीटः संवैधानिक परिषद अध्यादेशवारे राप्रपाको विरोध सैद्धान्तिक हो। शक्ति पृथकिकरण र नियन्त्रणरसन्तुलन सिद्धान्तको आधारमा संवैधानिक अंगहरुमा योग्यरसक्षम व्यक्ति नियुक्त हुनुपर्छ। सत्तापक्षले एकलौटी गर्‍यो प्रतिपक्षीलाई पनि भाग दिनुपर्छ भन्ने हाम्रो माग होइन। राप्रपा भागबन्डाको बिरुद्धमा छ ।
सरकारद्वारा जारी अध्यादेशवारे राजनीतिक दलहरुले आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्। ति अध्यादेशहरु अनुपयुक्तरअनावश्यकरसंविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ। तर, अहिलेको अवस्थामा दलहरुले ‘ग्याङ–अप’ गरेर अस्थिरता सिर्जना गर्ने होईन संसदमा संवैधानिक प्रक्रियाबाट समाधान खोज्नुपर्छ ।