पु.समाचार

समाजबादीको दाबीः केन्द्रीय सदस्य डा यादब प्रधानमन्त्रीको निर्देशनमा अपहरण गरियो

१० बैसाख, काठमाडौं । समाजबादी पार्टीका प्रचार बिभाग संयोजक बिश्वदीप पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई काठमाडौंबाट गएको प्रहरीले जनकपुरबाट काठमाडौं ल्याउन लागेको बताएका छन्।

उनले समाजबादी पार्टी फुटउने षढ्यन्त्र अनुरुप डा कादबलाई काठमाडौं ल्याउन लागेको बताएका छन् ।

बिश्वदीपको ट्वीटः आज वैशाख १० गते साँझ ५.० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाण्डौतिर लगेको छ!

आज वैशाख १० गते साँझ ५ः०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । यो के हुन लागेको हो ओलीतन्त्रमा ?