आर्थिक

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

१० बैसाख, काठमाडौं । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा कामगर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।

बैंकको शाखा कार्यालय तुल्सीपुरले, तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमाखाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भवभए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताएका छन् ।