आर्थिक

एनआईसी बैंकका ग्राहकलाई आमाको मुख हेर्ने १० प्रतिशत नगद फिर्ता

१० बैसाख, काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने भएको छ ।

Foodmandu, Gyapu Market Place तथा UG Cakes क मार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारू रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।