सूचना प्रविधि

एनसेलले ल्यायो पहिला सेवाप्रयोग गरी शुल्क पछि तिर्न मिल्नअफर

काठमाडौं वैशाख १० । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भएपनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याकपहिलाप्रयोग गरी त्यसको शुल्करु ५ पछि तिर्न सक्छन् ।

कोरोनाभाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चितगर्दै, एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत ग्राहकले मात्र रु ५ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएससहितको बण्डल सेवा सुचारु गर्न सक्छन् ।

शुन्य मेन ब्यालेन्स भएका वाब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्कतिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चितभएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधाउपलब्ध गराएको हो ।

एनसेलले लकडाउन शुरु भएपश्चात विगत एक महिनाको समय देखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेव ाप्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाखप्रिपेड ग्राहकलाई सेवा दिन यो प्याकल्याएको हो । यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्तसेवाहरु ७दिनको लागिमान्य रहनेछ ।

विगतदुई महिना देखि एनसेलको सिमप्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दाकमभएका र एक महिना देखि मोबाइलमाकुनै पनि सेवाप्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजनाअन्तर्गतको प्याकसुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो प्याकसुचारु गर्न सक्छन् ।

ग्राहकले आफ्नो मेनब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्कश्वतः काटिने छ । यस बाहेक अन्य शुल्कनलाग्ने जनाएको छ । यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा७ दिनबाट बढाई १० दिन पुर्याएको जनाएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक रु २३० (कर सहितरु २९३.६९) मा सुचारु गर्न सक्नेछन् ।