अन्तर्राष्ट्रिय

ग्रीनकार्डमाथि दुई महिना प्रतिबन्ध लगाउने अमेरिकि राष्ट्रपति ट्रम्पको निर्णय

१० बैशाख काठमाडौं । चीनको उहानबाट फैलिएको प्राण घातक भाईरस कोरोनाले आक्रान्त बन्दै गएको अमेरिकी सरकार आप्रवासीमाथि थप कडा बन्दै गएको छ । मंगलबार आप्रवासी प्रवेशलाई रोक्ने निर्णय गरेका राष्ट्रपति डोनल्ड ट्रम्पले फेरी अर्काे निर्णय गरेका छन् ।

ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै इमिग्रेशनमा ६० दिनको प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । जसले गर्दा अमेरिकारले आप्रवासीमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यो निर्णयमाथि अधिकारीहरुले मूल्यांकन गरी पछि परिवर्तन गर्न सकिने तर त्यसका लागि देशको अर्थव्यवस्थामा भरपर्ने पनि उनले शर्त राखेका छन् । यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुका लागि लागू हुने भए पनि अस्थायी रुपमा कामका लागि अमेरिका आउनेका लागि भने यो लागू नहुने उनले बताए ।

प्रतिबन्धको समय अरु लम्बिन पनि सक्ने ट्रम्पले बताए । आवश्यक परेमा अरु ३० दिनसम्म वा त्योभन्दा बढी पनि लम्ब्याउन सकिने उनको भनाइ छ । कोरोना भाइरसका कारण जागीर गुमाएका अमेरिकी नागरिकको रोजगारी सुनिश्चित गर्न यस्तो व्यवस्था गर्नुपरेको उनले बताए ।

यसैगरी राष्ट्रपति ट्रम्पले अमरिकाका करिब ४० प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने २० राज्य लकडाउन खोलेर अर्थव्यवस्थालाई फेरि चलायमान बनाउने खोजिमा जुटेको बताए ।