अन्तर्राष्ट्रिय

कोरोेनाः निको हुनेको संख्या ७ लाख नजिक, विश्वभरी मृत्युहुने १ लाख ७७ हजार वढी

१० बैशाख काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६ सय ८ पुगेको छ । बिहान साढे ६ बजेसम्म वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २५ लाख ५६ हजार हजार ५ सय १२ पुगिसकेको छ, भने ६ लाख ९० हजार २ सय ६३ निको भइसकेका छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ४५ हजार ३ सय १८ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ८ लाख १८ हजार ८ सय ४४ पुगेको छ । जसमध्ये ८२ हजार ९ सय २३ जना निको भइसकेका छन् । यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २४ हजार ६ सय ४८ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ ।

यसैबीच निको हुनेको संख्या ५१ हजार ६०० पुगेको छ । कोरोना संक्रमणका कारण स्पेनमा २१ हजार २ सय ८२ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ४ हजार १७८ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ८२ हजार ५ सय १४ पुगेको छ ।

फ्रान्समा १ लाख ५८ हजार ५० कुल सङ्क्रमित भएका छन् भने, २० हजार ७ सय ९६ को ज्यान गएको छ । यसैबीच ३९ हजार १ सय ८१ निको भएर फर्किइएका छन् । बेलायतमा पनि ज्यान गुमाउनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ, भने १ लाख २९ हजार ४४ जना संक्रमित छन् ।

इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार २ सय ९७ पुगेको छ । ८४ हजार ८०२ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ६० हजार ९ सय ६५ निको भइसकेका छन् । त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । हालसम्म ४ जना निको भइसकेका छन्, भने बाँकी ३८ जना उपचाररत छन् ।