पु.समाचार

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टी, जम्मा पुग्यो ४२

९ बैसाख, काठमाडौं । एक जनामा थप कोभिड–१९ को सङ्क्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उदयपुरमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । अहिलेसम्म ३२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये चार जना पूर्ण रुपमा स्वस्थ भएर घर फर्किसकेका छन् ।

आज देखिएका सङ्क्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको छ र त्यसका लागि टोली पठाइसकिएको छ । वीरगञ्जमा २२१ र उदयपुरमा ३२० जनामा परीक्षण भइरहेको छ । उनका अनुसार अहिलेसम्म ३६ हजार ७१९ को कोरोना परीक्षण भएको छ भने १०७ आइसोलेशनमा छन् । कल सेन्टरमा दुई हजार १८५ प्रश्नको उत्तर दिइएको छ । यससंगसँगै कोरोना संक्रमितको सख्या ४२ पुगेको छ