विचार/ब्लग

गहन अध्यन गर्नुस्, छिट्टै लकडाउन खुकुलो बनाउनुस् !

बाबुराम आचार्य /बिश्वमा झण्डै एक लाख ७० हजार भन्दा बढी मानिसको कोरोना भाईरसको संक्रमणका कारण निधन भईसकेको छ। बिश्वमा भएका सात अर्ब जनसँख्यामा एक लाख ७० हजारको निधन हुनु संख्यात्मक हिसावले खासै प्रभाव पर्ने कुरा होईन । तर माहामारी रोगको नियन्त्रण, रोकथाम तथा उपचारको काममा सबै संबेदनशील नहुने हो भने माहामारीले बिश्वमा करोडौं मानिसको ज्यान पनि लिन सक्दछ ।
अमेरिका, चीन, ईटली, स्पेन, वेलायत, जर्मनी, ईरान, जापान लगायतका मुलुक तथा स्थानहरुमा कोरना भाईरस संक्रमणको माहामारीले प्रत्यक्ष प्रभाव पारेको छ । अधिकाँस मुलुकमा प्रभाव पारेको भएपनि समयमै सचेतना राखेर कतै लकडाउन त कतै संकटकाल लगाएका कारण क्षती कम भईरहेको देखिन्छ । कोरोना भाईरस माहामारीको उद्गम स्थानको रुपमा रहेको चीनको बुहान प्रान्त अहिले पहिलेकै जस्तो सामान्य अवस्थामा फर्किईसकेको छ भने बिश्वको शक्तीसम्पन्न मुलुक अमेरिकाको राजधानी न्यूयोर्क कोरोनाका कारण आक्रान्त छ । एशियाली मुलुकहरु कोरोना संक्रमणका कारण त्रासमा छन्, हमेरिकामा मात्र ४० हजार भन्दा बढी मानिसको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ । बिश्वसहित अधिकाँस एशियाली मुलुकहरुमा लक डाउन छ । प्रायः सबै मुलुकहरुका सीमानाहरुमा अत्यावश्यक काम बाहेक एक देशबाट अर्को देश प्रबेश गर्न बन्देज लगाईएको अवस्था छ । कतिपय मुलुकमा प्रान्त प्रान्तमा नै प्रवेशमा प्रतिबन्ध लगाएको अवस्था समेत छ ।

समाचारहरुका अनुसार चीनको बुहान प्रान्तमा एक ३३ बर्षिय चिकित्हकले एक बिरामीको उपचार गर्ने क्रममा नै नयाँ भाईरस आएको बताईसकेका थिए । ती डाक्टरले उक्त भाईरस खतरनाक भएको र उक्त भाईरसबाट बच्न सर्बसाधारणलाई आग्रह गर्दै अन्तरबार्ता समेत दिँदै हिँडेका थिए । पछि त्यहाँको स्थानीय प्रशासनले ती डाक्टरलाई नै अफबाह फैलाएको भन्दै कारबाही गर्यो, उनलाई प्रहरीले समात्यो । पछि उनमा कोरोना संक्रमण सरिसकेकोले अस्पतालमा उपचार गर्ने क्रममा ती डाक्टरको पनि निधन भयो । यो समाचारबाट सामान्य बुझ्ने कुरा के भने, चीन सरकारले ती डाक्टरले दिएको सल्लाह तत्काल मानेको भए वा गम्भीरतापूर्बक लिएर अगाडी बढेको भए, न चीनको बुहान प्रान्तमा कोरोना भाईरसको संक्रमणबाट झण्डै ३४ सय मानिसको मृत्यु हुन्थ्यो न त अहिले बिश्व नै कोरोना भाईरसको संक्रमणबाट आक्रान्त हुनुपथ्र्यो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना भाईरसको संक्रमणको केन्द्रबिन्दु अमेरिका हुन्छ भनेर बिश्व स्वास्थ्य संगठनले भनिरहेका बेला चीनीया भाईरस भनेर आरोप लगाएका थिए । जहासम्म चीनबाट शुरु भएको हुनुलाई चीनीयाँ भाईरस भन्नु पनि सहि नै हो । तर भाईरस संक्रमणबाट बच्नु पहिलो प्राथमिकता हुनुपर्ने भएपनि अमेरिकी राष्ट्रपतिले राजनीतिक हिसावले चीनीयाँ भाईरसको संज्ञा दिएका हुनाले उनी कतिपय अमेरिकन नागरिकबाट समेत आलोचित भए । त्यसबेला बरु चीनीयाँ राष्ट्रपति सी जिनपीङबाट आवश्यक परे अमेरिका लगायतलाई कोरोना संक्रमण, रोकथाम तथा उपचारका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री लगायत सहयोग गर्ने बताएर राजनीतिक रुपमा आफ्नो कुटनीतिलाई बचाए । अमेरिकाले पहिला आफ्नो मुलुकलाई कोरोना भाईरसमुक्त मुलुक बनाउन सोच्नुको सट्टा राजनीतिक आग्रह पूर्बाग्रहका नजरबाट हेरे त्यसको परीणमा अमेरिकाले अहिले ब्यहोर्दै गएको देखिन्छ ।

राष्ट्रपति सीले बिश्वलाई नै कोरोना संक्रमण रोक्न बिभिन्न सहयोग गर्ने तत्काल बचन पनि दिए र गरेपनि । अमेरिकालाई समेत उनले केही भेन्टिलेटरहरु सहयोग पनि गरे । तर के हो त कोरोना भाईरस संक्रमण ? किन फैलियो ? कोरोना संक्रमण फैलिनुमा दोषी को ? कोरोना संक्रमणबाट भएको बिश्वको आर्थिक क्षतीको जिम्मा कसले लिने ? भन्ने लगायतका प्रश्नहरुको जवाफ बिश्वले नै खोज्नुपर्ने बेला आएको छ । बिश्वमा कोरोना संक्रमण फौलिनुमा मुख्य दोषी चीन नै हो । चीनले पहिले नै धरातललाई बुझेर ती डाक्टरको सल्लाहमा अगाडी बढेको भए, कोरोना भाईस संक्रमणका कारण दुनियाँले अहिले एउटा कोठामा एक्लै थुनिएर बस्नुपर्ने थिएन । दुनियाँले मानवको इतिहास नै मेटिने हो कि भन्दै चिन्ता लिनुपर्ने थिएन ।

तेस्रो बिश्वयुद्धको नाम पनि दिने गरिएको कोरोना संक्रमण माहामारीपछि बिश्वको माहाशक्ती राष्ट्र चीन हुन्छ भन्ने बिश्लेषणपनि भईरहेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने उक्त कुरा मान्न तयार छैनन् । उनले ट्वीट गर्दै अमेरिका नै शक्तीसाली हो र रहन्छ भनेर भनिसकेका छन् । चीनले अब हामी माहाशक्ती राष्ट्र हुन्छ भनेर खुलाम खुल्ला दाबी गरेको अवस्था पनि छैन । पछिल्लोसमय अमेरिकाका राष्ट्रपति ट्रम्पले ढिलो छिटो कोरोना भाईरस संक्रमणबाट बिश्वलाई पुग्न गएको क्षतीको क्षतीपूर्ति चीनले ब्यहोनुपर्ने बताएक छन् । अमेरिकाका राष्ट्रपतिले आप्रबासी सम्बन्धी प्रबेश गर्न नपाउने कानून समेत पास गराएका छन् ।

बिश्वमा झण्डै २छ लाखको हाराहारीमा कोरोना भाईरस संक्रमणका कारण पीडामा भएका बेला नेपालमा भने प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक नियुक्ती गर्न, बिधेयक पास गर्दै आफू कसरी शक्तीसाली हुईन्छ भन्नेध्याउन्नमालागेका छन् । नेपालमा मात्र आज ८ जनालाई संक्रमण भएको पुन परीक्षणबाट पुष्टी भएमा ३९ जना संक्रमीत संख्या देखिने छ । केही ब्यक्ती उपचारपछि नीको भएर फकिए पनि धेरै नै उपचाररत छन् भने १५ गेसम्म मुलुक पूर्ण रुपमालक डाउनको अवस्थामा छ ।

यस्तोमुलुक पूर्ण रुपमा लकडाउन भएकोअवस्था, आर्थिक रुपमा सबैतिर चौपट भएको अवस्थामा सरकारले बिधेयक पास गर्ने कार्य गर्नु अत्यन्तै गैरपिजम्मेवार देखिन्छ । बैसाख १५ गते एक महिना भन्दा पनि ५ दिन् बढी हुन्छ लकडाउन भएको । अस्पताल, स्कुल, कलेज, रेष्टुरेण्ट, उद्योगधन्दा, कलकारखाना, आयात, निर्यात सबै क्षेत्र ध्वस्त हुने लाईनमा छ । यही तरीकाले मुलुक असार सम्म लकडाउन भईरहेको अवस्थामा मुलुकको अर्थतन्त्र कस्तो हुन्छ त्यो कल्पना पनि गर्न सकिन्न । सरकारले कोरोना भाईरसबाट बच्न र जनतालाई बचाउन प्रयास नगरेको होईन, कोरोना भाईरस नेपामल सरकारले मुलुकभित्र भित्र्याएको पनि होईन तर भाईरस संक्रमण रोक्न प्रयास गरेजसरी नै जनतालाई राहत दिँने प्याकेज भने सरकारले ल्याएन । राहत कोषमा दुई अर्ब भन्दा बढी रकम जम्मा भईसकेको छ, गृह मन्त्रालय अन्तर्गतको दैबी प्रकोप कोषमा झण्डै डेढ अर्ब संचित छ, प्रधानमन्त्री राहत कोषमा चारअर्ब रकम छ भन्ने समाचार प्रकाशन भएको थियो । सबै क्षेत्रबाट कोरोना भाईरस नियन्त्रण कोषमा रकम जम्मा हुने क्रम पनि जारी छ । चामल, दाल, तेलज लगायतका राहत बाँढ्ने कार्य स्थानीय तहले गरिरहेका छन् ।

कतिपय प्रभावकारी भएका होलान्, कतिपय स्थानमा राजनीतिक पुर्बाग्रहका आधारमा भएको आरोप लागिरहेको छ । सतय के हो उनीहरुले नै जानुन् । स्वास्थ्य खरिदमा भएको अनियमीतताको घटना सोमबार राष्ट्रपतिले पास गरेका दुई बिधेयकपछि झण्डै चर्चा नै नहुनेगरी सकिनेदेखिन थालेको छ । महामारीा बेला औषधीमा भ्रष्टाचार गर्ने पटक्कै राम्रो काम होइन । भ्रष्टाचार कहिल्यै राम्रो होईन तर महामारीका बेला सोच्नुपनि पाप लाग्नुपर्ने हो । सरकारले स्थानीय तहमार्फत सबै नागरिकलाई राहतको ब्यवस्था गर्नु राम्रो हुन्छ, लकडाउनमा गाडी भएको, सिक्री लगाएको, ठस्लो घर भएको भनेर हुँदैन, सबैलाई उनीहरुकोखातामा समानुपातिक रुपमा राहत रकम जम्मा गर्नु राम्रो हो । पैसा नै भएपनि बैंकसम्म पुग्न असहज हुँदा उनीहरुलेकारोबार गर्न नसक्न सक्दछन् । कतिपय हुनेखानेले सरकारले दिएकोराहत रकम फिर्ता गर्नपनि सक्दछन्, त्यस्तो ब्यवस्था पनि गर्न सकिन्छ । यसमा सरकारले कुनै पनि प्रकारको बैज्ञानिक ब्यवस्था गर्न सकेन ।

अब सरकारले लकडाउनलाई खुकुलो बनाउनतिर लाग्नैपर्छ, क्षती होस् वा नहोस् बजार बन्द गरेरमात्र समस्याको समाधान नहोला, आन्तरिक तथा बाह्य चल्ने फ्लाईट अझै एक महिना बन्द गर्नैपर्छ, पार्टी प्यालेस तथा होटलहरु बन्द गर्नैपर्छ, भारत तथा चीनका सीमानामा अहिलेको जस्तै कडा गर्नुपर्छ तर अब १५ गतेदेखी लकडाउनलाई खोल्नैपर्छ । भीडभाडमा नजाने, साबुन पानीले हात धुने, माक्स प्रयोग गर्ने, नमस्कारगर्ने तरहात नमिलाउने जस्ता साबधानीका उपायहरुको प्रचार गर्ने तर धेरैजसो आन्तरिक ब्यावशायीक गतिबिधि निर्बाध रुपमा संचालन गर्ननिर सरकारले अध्ययन गर्न जरुरी छ । लकडाउन असारसम्म लम्बिने हो भने भोमारी लाग्छ, बैंक डुब्छन्, शिक्षा डामाडोल हुन्छ, कृषि तहसनहस हुन्छ, यस्तै हुन्छ भनेर किटान गर्न नसकेपनि दशैंपछिको अवस्था कोलाहलपूर्ण हुन्छ ।