राजनीति

नेकपा भित्रको शक्ति संघर्षले देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतराः राप्रपा

९ बैशाख काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी राप्रपाले सिंगो देशले कोरोना माहामारीको चुनौतिको सामना गरिरहेको बेला अस्थिरता र अराजकता बढाउने कुनै पनि गतिविधि नगर्न सरकार र नेकपालाई आग्रह गरेको छ ।

पार्टीका तिन अध्यक्ष पशुपती शमसेर जबरा, कमल थापा, र डा.प्रकाश चन्द्र लोहनीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा सत्तारुढ दल नेकपा भित्रको शक्ति संघर्षले देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको बताईएको छ ।

कोरोना कोभिड १९ को विरुद्ध सिंगो देश एकजुट भई लाग्ननुपर्ने अवस्थामा सरकारले हालै ल्याएको राजनीतिक दल सम्वन्धि र संबैधानिक परिषदसम्बन्धी दुई अध्यादेशहरु अनुउपयुक्त, अनावस्यक, र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ ।

राजनीतिक अधयादेशले दल विभाजितलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता वढ्ने र अननतः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो संम्भावना देखिएको बताएको छ ।

यस्तै राप्रपाले संबैधानिक परिषद सम्बन्धि अध्यदेशले प्रजातन्त्रको मुलभुत मान्यतको रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुने खतरा रहेको बताएको छ ।

संभावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविस्यमाथि आईपर्न सक्ने संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेश फिर्ता लिन राप्रपाले सरकार र नेकपालाई आग्रह गरेको छ ।