अन्तर्राष्ट्रिय

कोरोनासँग लड्न सबै आप्रवासिलाई अमेरिका प्रवेश रोक्ने राष्ट्रपति ट्रम्पको निर्णय

९ बैशाख काठमाडौं । चीनको उहानबाट फैलिएको कोरोनाले मुलुक आक्रान्त बनेपछि अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपुर्ण निर्णय लिएका छन् ।

राष्ट्रपति ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्नै भएका छन् । कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।

उनले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अदृश्य शत्रूको आक्रमण र हाम्रा महान् अमेरिकी नागरिकको जागीरको रक्षा गर्नु आवश्यक रहेकाले अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा रोक्न म कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु ।’

उनले आप्रवासी रोक्नका लागि कस्तो विधि अपनाउने छन् र यो कति लामो अवधिका लागि हुनेछ भन्ने पनि कुनै उल्लेख गरिएको छैन । महामारीको खराब अवस्था पार गरेको र मुलुक क्रमशः आफ्ना गतिमा फर्कने दाबी गरिएकै बेला ट्रम्पले यो आदेश जारी गर्न लागेका हुन् ।