राजनीति

कम्युनिष्टले जिते अधिनायकबादतिर जान्छ भन्ने काँग्रेसको निर्बाचन अगाडीको आँकलन सहि पुष्टीः अध्यक्ष बस्नेत

९ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल तरुण दलले कम्युनिष्टले जिते मुलुक अधिनायकबादतिर जान्छ भन्ने काँग्रेसको निर्बाचन अगाडीको आँकलन सहिपुष्टी भएको बताएको छ ।

संगठनका अधयक्ष जितजंग बस्नेतले आज प्रेस विज्ञप्ति जारी गर्दै संसद छल्दै सरकारले पेश गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याईएका अध्याधेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएको मात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने सरकारी रणनीतिले कम्युनिष्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने काँग्रेसको निर्बाचन अगाडीको आँकलन सहि हुँदै गएको देखिएको ठोकुवा गरे ।

अध्यादेस २०७७ रास्ट्रपतिबाट पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलको ठहर छ । यतिबेला कोरोना माहामारीका कारण बिश्वमा मृत्यु हुन मानिसको संख्या दुई लाख पुग्न लाागेको र नेपालमा ३१ जना संक्रमीत भएको दर्दनाक अवस्थामा सरकारले बेमौसमी बाँसुरी बजाई जनताबिरुद्ध राजनीति गरिरहेको तीन करोड नेपाली जनताले बुझेकोे बताएका छन् ।

विज्ञप्ति मार्फत अध्यक्ष बस्नेतले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरी पाप र धर्मको ख्याल नगरेको केपी सरकारले फेरी अर्को पछिल्लो काण्डको रुपमा जनतालाई लकडाउनको बाहनामा घरभित्र थुनेर बिधेयक ल्याई अधिनाकतातर्फ मुलुक धकेल्ने सपना देख्नु दिवास्वप्न भएको ठहर गर्दै लोकतन्त्री बिरोधी बिधेयक तत्काल फीर्ता लिन समेत गरेका छन् ।

साथै देश, जनता र लोकतन्त्र बिरोधी बिधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी दिँदै आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार नै हुने छ भन्ने स्मरण समेत गराएका छन् ।

साथै नेकपा नेतृत्वको सरकार नालायक सावित भएको र उनीहहरुको यस्तै उल्टो मतीले गर्दा नेकपा पनि सिद्धिने र सरकारको पनि आयु समाप्त हुने शुरुवात भएको देखिएको, विनाश काले विपरित बुद्धि भन्दा फरक नपर्ने हुन्छ विज्ञप्तिमा भनिएको छ ।