समाचार

धादिङको थाक्रेमा करेन्टलाग्दा गयो दुइको ज्यान

९ बैशाख काठमाडौं । धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षका सानोमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति पौने ११ बजे ट्रान्समिटर पड्किएर भएको घटनामा सोही गाउँका अरु ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।