राजनीति

अध्यादेश संबिधानको भावना बिपरीत, राजनीतिक अस्थिरता ल्याउने कडीः महामन्त्री खड्का

९ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले सरकारबाट जारि अध्यादेश संविधानको भावना र मर्म विपरित भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत महामन्त्री खड्काले यो घटनाले मुलुकको राजनितिमा अस्थिरताको बिजारोपण भएको भन्दै यो दुर्भाग्यपुर्ण रहेको बताए ।

उनले सिङगो मुलुक एकताबद्ध भएर कोरोना महामारिको बिरुद्धमा लडिरहेको यो संगिन घडिमा, अगुवाई गरि रहेको सरकारकै कदम बाट राजनितिक टकरावको आमन्त्रण हुनु खेद जनक भएको बताए । हिँजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश जारी गरेका छन् ।

मुलुक कोरोनाको चपेटामा परेको बेला सरकारका यस्ता अनावस्यक निर्णय पस्चात नेकपाको सरकारको सर्वत्र आलोचना भईरहेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटरहरुमा सर्वसाधारण नागरिक देखि विभिन्न राजनीतिक दलहरुले चर्काे बिरोध गरेका छन् । सरकारको उक्त कार्यलाई बेमौसमी बाजाको संज्ञाँ समेत दिएका छन् ।

 

उनको ट्वीटः सरकारबाट जारि अध्यादेश. संबिधानको भावना र मर्मको बिपरित ! यो घटनाले मुलुकको राजनितिमा अस्थिरताको बिजारोपण ! दुर्भाग्यपुर्ण ! सिङगो मुलुक एकताबद्ध भएर कोरोना महामारिको बिरुद्धमा लडिरहेको संगिन घडिमा, अगुवाई गरि रहेको सरकारकै कदम बाट राजनितिक टकरावको आमन्त्रण ? खेदजनक !!