पु.समाचार

अरूलाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्टताः डा आचार्य

८ बैसाख, काठमाडौं । संबिधानबिद डा भिमार्जुन आचार्यले राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद निम्त्याउने काम गर्नु उचित नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै संवैधानिक परिषद्को बैठक सम्वन्धमा जारी गरिएको अध्यादेश संविधान प्रतिकूल भएको बताएका छन् ।

डा आचार्यल भनेका छन्, ‘राष्ट्रपतिलाई संविधानको संरक्षक मानिएको छ। अरूलाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्टता हो। राजनीति धेरै नै फोहोर भयो।’

उनको ट्वीटः
राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद निम्त्याउने काम गर्नु उचित होइन। संवैधानिक परिषद्को बैठक सम्वन्धमा जारी गरिएको अध्यादेश संविधान प्रतिकूल छ। राष्ट्रपतिलाई संविधानको संरक्षक मानिएको छ। अरूलाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्टता हो। राजनीति धेरै नै फोहोर भयो।