पु.समाचार

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

८ बैसाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गरेको उल्लेख छ ।