राजनीति

बिधेयक पास गर्नु इतिहासकै सबैभन्दा दुःखद र ‘बेमौसमी बांसुरी’– सभापति देउवा

८ बैसाख, काठमाडौं । कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको कुरामा नेपाली काँग्रेसले पापती जनाएको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै बिधेयकले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको बताएका छन् । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति उनको दाबी छ ।

देउवा भन्छन्, ‘कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।’

सभापति देउवा दुः ब्यक्त गर्दै प्रतिकृया दिन्छन्, ‘आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।’

सभापति देउवाले नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील अपील गरेका छन् ।