पु.समाचार

आफूलाई सिजिङपिनको अनुयायी नठान्नुहोस प्रधानमन्त्रीज्यू यो नेपाल होः डा संग्रौला

८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाले, ‘आफूलाई सिजिङपिनको अनुयायी नठान्नुहोस सम्माननीय प्रधानमन्त्रीज्यू यो नेपाल हो ।’ भन्दै कडा प्रतिकृया दिएकी छन् ।

डा संग्रौलाले प्रतिकृया दिँदै भनिन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला असान्दर्भिक समयमा नेकपाको वर्तमान सरकारले राजनीतिक दल सम्बन्धि कानुन अध्यादेश मार्फत संशोधन गरेको छ । यस्तै राष्ट्रिय संकटको घडीमा आफ्नै पार्टीभित्रका आफ्नो विरोध गर्ने नेता तथा कार्यकर्ताहरुलाई तर्साउन र छिन्नभिन्न पार्ने नियत र आवश्यक परे पार्टीसमेत फुटाउने र आवश्यक परे सत्तामा टिकिरहने मनसायले प्रधानमन्त्रीले चालेको कदम आफ्नो खाल्डो आफैं खनेको प्रतित हुन्छ ।’

उनले विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णयले लोकतान्त्रिक पार्टी र संविधानवादको मूलमर्ममाथि सांघातिक हमला गरेको बताएकी छन्। डा संग्रौलाको प्रधानमन्त्रीलाई प्रश्न छ, ‘विपक्षी बिनाको संवैधानिक परिषद् सम्बन्धि व्यवस्थालाई ओझेलमा पार्न दल सम्बन्धि अध्यादेश आएको हो कि ?