पु.समाचार

प्रधानमन्त्रीले ल्याए दुई प्रस्ताव, पास भए नेकपा फुट्ने पुर्ब माओबादी नेताहरुको शंका

७ बैसाख, काठमाडौं । सरकारले आजको मन्त्रीपरिषद बैठकमा बिपक्ष दलको नेताको स्वीकृति बिना नै संबैधानिक परिषदको बैठकले निर्णय गर्न सक्ने बिधेयक पास गर्न सक्ने प्रस्ताव लयाएको छ । प्रधानमन्त्री ओलीले राजीतिक दल र संबैधानिक परिषद बैठकको प्रस्ताव गरेपछि राजनीतिक माअहौल तातेको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि उक्र प्रस्तावको बिरोध गरेको समाचार छ । कृषि मन्त्री घनश्याम भुषाल, उर्जामन्त्री बर्षमान पुनले उक्त कुराको बिरोध गरेका थिए । राजनीतिक प्रस्तावमा संसद तथा पार्टीमा ४० प्रतिशत ल्याएमा पार्टी फुटाउन मिल्ने कुरा राखिएपछि नेकपा बृत स्पष्ट दुई धु्रबमा देखिएको छ।

अध्यक्ष दहालले पार्टी फुटाउने गरी सरकारले बिधेयक ल्याउन लागेको संकेत आफू निकटकालाई दिएका थिए । प्रधानमन्त्रीले आफू निकटका मन्त्री तथा सल्लाकारसंग सललाह गरेर उक्त बिधेयक ल्याउन लागिएको बताईएको छ । प्रधानमन्त्री ओली निकट प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बिधेयक ल्याउँदैमा पार्टी जुट्ने र फुट्ने नहुने दाबी गरे पनि पुबर्् माओबादी नेताहरु पार्टी फुटाउन प्रधानमन्त्री उक्त पताव ल्याएको दाबी गर्दछन् ।