डा सुरेन्द्र सिाटौला कविता
म जङ्गल फाडेर शहर बसाउथे
शहर भित्र अग्लो महलमा रमाउथे
महल भित्र बसेर
अर्को महलको सपना सजाउथे
नाफा र नोक्सानको हिसाब गर्दै
सोमरसको चुस्की सगै
मुक्ति र आनन्दको गीत गाउथे
मृगतृष्णाको हरियो संसारमा
आफै भित्र रमाउथे
उ जङ्गल भित्र सानो गुड बनाउथ्यो
जङ्गल लाई संगीतले सजाउथ्यो
बर्तमानको आनन्दमा रमाउथ्यो
शृष्ठिको रङ्गमन्चमा बिन्दास
प्रकृतिको गीत गाउथ्यो
झुक्किएर कहिलेकाही
उ मेरो महल छेउ आउथ्यो
मलाइ खुसीको परिभाषा पढाउथ्यो
जय र पराजय भन्दा टाढा
सह-अस्तित्वमा सधै रमाउथ्यो
म मान्छे उ पंक्षी !
उ आफ्नै स्वाभिमानको गीत गाउथ्यो
अस्तित्व लाई साछी राखेर
प्रकृति सग गहिरो मीत लाउथ्यो
महलमा म हौसिएको देखेर
उ मलाइ निक्कै गिज्याउथ्यो
मानविय ज्ञानको विवेक
बिज्ञानको अविवेकमा रमाएको देखेर
उ म सग यदा कदा रिसाउथ्यो
मेरो शहर र महल सग निरपेक्ष उ
पर जङ्गलमा आज
बेरोकटोक सयर गर्दैछ
रुखको सानो गुडमा बसेर
आदिम शृष्ठीको आनन्द
आफ्नै झोलीमा भर्दैछ
यता म मान्छे
उसको आजादीको संसार
भेट्नै नसक्ने भएकोछु
ज्ञानको अभिमानले गर्दा
प्रकृति बिज्ञान सग हार्दै गएकोछु
गाउँ बजार र शहरमा
घुमन्ते मृत्युको डरले
घर भित्रै कैदि भएकोछु
आज उ स्वतन्त्र पंक्षी
म प्रकृतिको बन्दी मान्छे भएकोछु ।