बाग्मती

युवानेता भण्डारीले बाँढे राहत, मजदुर र बिद्यार्थीले दिए धन्यबाद

७ बैशाख, काठमाडौं । लक डाउन तोडदै अनि सरकारी निर्देशन बिपरित नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले निजि खर्चमा खाद्यान्न र राहत बाडेका छन् ।

नेपाल सरकारले लक डाउन अवधि मा जिल्ला प्रशासनको एकद्वारे नीति अपनाउदै आफुखुशी राहत बाडने रोक लगाउदै यस्तो गर्नेलाई कार्वाही हुने बताएपनि भण्डारीले गाडी लिएर समर्थकहरु सहित प्रहरीसंग भिडदै मजदुर र बिपन्न लाई राहत बाडन हिडेका थिए ।

नेवि संघका पुर्ब कार्यबाहक अध्यक्ष समेत रहेका भण्डारीले सरकारलाई अबिलम्ब किसानलाई गहुँ, तोरी, मसुर, मटर, चना, जौ आदि खाधान्नहरु खेती काटन, बिक्रि र जम्मा गर्न ढुवानी गर्ने गाडी, ढल तथा पलम्बिङ्ग कार्य गर्ने, बिजुली एवं वायरिङ्ग गर्ने, दूध, अण्डामासु, तरकारी ब्यवसायी, गाडी मर्मत केन्द्र, मल-बिउबिजन केन्द्र, पत्रपत्रिका- पुस्तक पसल र ज्याला मजदुरहरुलाई नियमित कार्यहरु स्थल निर्वाध हिड्डुल र कार्य संचालनमा सामाजिक दुरि कायम गर्दै खुला गर्न माग गरेका छन् ।

 भण्डारीले सरकारसंग भिडन्त गरेको नभई जनता भोकभोकै हुँदा पनि कसैले नहेरेपछी बाध्य भएको दाबी गर्छन् । उनले कोरोना महामारी नियन्त्रण विश्वकै चुनौति बनेको परिपेक्ष्यमा सरकारले मात्र सबैथोग गर्न सक्दैन त्यसैले चन्दा नउठाईकन आफ्नो श्रोतसाधनले सहयोग गर्नेलाई अपराधी मान्नु हुँदैन भन्दै सातै प्रदेशका फ्रन्टलाईनका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, कर्मचारी, चालकको एक करोडको बीमा र सम्मान कार्यक्रम चलाउन समेत आग्रह समेत गरेका छन् ।

काठमाडौ मेडिकल कलेजका संचालक समेत रहेका भण्डारी भन्छन् कोहि नेपाली भोका नरहुन भन्ने उदेश्यले नाम टिपाउनु भएका दलित, जनजाति र राना-थारु समुदायका कैलाली, कन्चनपुर, बाके बर्दिया, दैलेख, गुल्मी दाङ्ग र पश्चिम पाहडहरु अनि सोलु, पाँचथर, उदयपुरबाट काठमाडौ मजदुरी गर्न आएका तर सरकारी निर्देशन मानेर भोकै पर्खी बसेका बिपन्न बर्गका मजदुर लाई मात्र सहयोग गरिएको थियो ।

नेपाल सरकारको एकद्वारे नीति अन्तर्गत राहतको पहुँच र प्रक्रियामा समेटन नसकिएका यी मजदुरका नेताहरु आज प्रधानमन्त्रीको सल्लाहकार र मन्त्री भैरहदा पनि अलपत्र र भोकै ज्यालादारी मजदुर मद्य्ये सकेकोलाई ‘सेवा दिनु नै धर्म हो’ भन्दै कानुनी कार्वाहीको घिनलाग्दो अवस्थामा राहत बितरण कार्यमा नेपाल पत्रकार महासंघबाट लोकेन्द्र भट्ट र नेपाल मेडिकल काउन्सिल पुर्ब सदस्य भिम चन्द र समाजसेवी ज्योतेन्द्रजङ्ग लामिछानेले अनुगमन तथा सयोजनमा गरेका थिए ।

भण्डारीका अनुसार बुढानिलकण्ठ, टिचिङ्ग अस्पताल, लैनचौर आसपास को भवन निर्माणमा खटिएका मजदुर लाई १५दिन पुग्ने खाद्यान्न बितरण कार्य गर्यो । जसमध्ये कैलालीको घोडाघोडी नगरपालिकाबाट टिचिङ्ग आएर मार्कामा परेका बिरामीका आफन्तले किचन अभावमा खाद्यान्नहरु काम नलाग्ने बताएपछि क्यान्टिनमा खान अस्पताल नै पुगेर नगद ३ हजार दिईयो र डाक्टरहरुलाई छिटो अप्रेसन सहयोग गर्न लगाउने पहलकदमी गरिएको थियो । यी विभिन्न सहयोगको स्थान र समयको बारे नेकपा र कांग्रेसको केन्द्रीय नेतृत्वलाई समेत पुर्ब जानकारी गराई निष्पक्ष रुपमा बितरण गरिएको वनको दाबी छ ।

युवानेता भण्डारी नेतृत्वमा विभिन्न जिल्लाका २१ जना भन्दा बढीलाई १५०केजि चामल, १६केजि गेडागुडी, १६ लिटर तेल, मनग्ये चिउरा, भुटेको चना, मसला, नुन, चिनी, हल्दी, खुर्सानी, मिनरल वाटर, सेनिटाईजर, मास्क, पन्जा र औषधिहरुको राहत बितरण गरिएको स्थानीय तहले जनाएको छ ।