सूचना प्रविधि

डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न इन्टरनेट सेवा प्रदायक संस्थाको आग्रह

८ बैसाख, काठमाडौं । डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न इन्टरनेट सेवा प्रदायक संस्थाको आग्रह गरेको छ । बिज्ञप्ती प्रकाशित गर्दै भनेको छ, ‘कोरोना भाईररस (कोभिड –१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ । सरकारद्वारा घोषणा गरिएको यस लकडाउनमा अति आवश्यक काम नभएसम्म घर बाट बाहिर ननिस्कन हुन सरकारले आग्रह गरेका छन्। यस्तो समयमा विभिन्न ठुला लगायत प्राय सबै कम्पनीरकार्यालयहरुले घरै बसेर काम गरिरहेका छन् भने कम्पनिरकार्यालय मात्र नभई आमजनताका जीवनमा पनि इन्टरनेट सेवा अति आवश्यक भएको छ।

उपरोक्त सम्बन्धमा नेपाल दूरसंचार प्राधीकरणबाट जारी सूचना र बिभिन्न अनलाइन मिडियामा प्रकाशित इन्टरनेट सेवा सुचारु राख्ने सम्बन्धी सूचनालाई यस इन्टरनेट सेवा प्रदायक संस्थाले गम्भीर रुपमा हृदयमगम गरि मनन गरेको कुरा अवगत गराउन चाहन्छौ।
उक्त प्राधीकरणबाट जारी सूचनालाई यस संस्थाले आत्मसाथ गर्दै यस संस्थासंग आवद्द सेवा प्रदायकहरूले शाररिक महसाबले पूर्ण रुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका बृद्ध घरायसी ग्राहकहरुका हकमा हामी सेवा प्रदायकहरूले उक्त सूचनामा उल्लेख भए सरह नै बिना भुक्तानी सेवाको निरन्तरता गरिरहेको कुरा पनि अवगत गराउन चाहन्छौ । हालको बिषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्ने र इन्टरनेट सेवा पनि सो अत्यावश्यक सेवा भित्र पर्ने हुदा सो सेवा निरन्तर प्रवाहित रही रहनु पर्ने दायीत्व हामी सेवा प्रदायकहरुको पनि हुदा यस प्रति हामी आफै सजक र पूर्ण जिम्मेवार छौ । साथै यस्तो बिषम परिस्थितिलाई मध्यनजर गर्दै निरन्तर सेवा प्रवाह गरेर देशका नागरिकहरुलाई सूचना प्रवाहित हुनबाट बन्चित रहनु नपरोस भनि हामी सेवा प्रदायकहरू हाम्रो सामर्थ्यले भ्याएसम्म सरकार र राज्यको पूर्ण सारथी भएर काम गरिरहेका छौ ।
सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेष गरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायतअन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भइरहेको छ । अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ ।यस्तो परिस्थितिमा पनि निरन्तर सेवा प्रवाह गर्न सक्नु नै सबैभन्दा ठुलो चुनौती भएको छ। हामी सेवा प्रदायकहरूले विभिन्न किसिमको चुनौतीका बिचमा निरन्तर सेवा प्रदान गरिरहनु पर्ने बाध्यात्मक मात्र नभएर राज्य र जनताको हामी सेवा प्रदायकहरू प्रतिको अटुट स्नेहलाई अझ मज्बूत गर्नुपर्ने गहिरो जिम्मेवारी पनि इन्टरनेट सेवा प्रदायक संस्थाको कााँधमा आएको छ।

हामी सेवा प्रदायकहरू माथि एकातिर हाम्रा ग्राहकवर्गबाट नियमित रुपमा सेवाको भुक्तानी उठ्न नसकेको र अर्को तिर हामी माथिका सेवा प्रदायकहरुलाई समयमै भुक्तानी तिरीसक्नु पर्ने बाध्यात्मक अवस्था आएको छ। बन्दाबंदीको यस समयमा इन्टरनेट को खपत अत्यधिक बढेको अवस्थामा सो को आर्थिक भार पनि सेवा प्रदायकहरुमा पर्ने गएको छ  यसका साथै ग्राहकवर्गलाई अटुट रुपमा सेवा प्रवाह गरिरहन अहोरात्र खतिरहने हामी सेवा प्रदायकहरुका सम्पूर्ण कर्मचारीहरुको मासीक भुक्तानी दिन समेत् समस्या सिर्जना भएको छ। यसकारण निरन्तर सेवा प्रवाह गराईरहनसकौ भन्ने हेतुले हामी सम्पूर्ण सेवा प्रदायकहरू डिजिटल भुक्तानीका माध्यममा पहिले देखी नै जोडीसकेका हुदा माथि उल्लेखित शाररिक महसाबले पूर्ण रुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका बृद्ध घरायसी ग्राहकहरुका हकमा बाहेक अन्य ग्राहकवर्गज्यूहरुलाई डिजिटल भुक्तानीका माध्यमबाट इन्टरनेट सेवाको समयमै भुक्तानी गरि सेवा सुचारु गर्नुहुन अनुरोध गर्दछौ। त्यति मात्र नभई आवश्यक परेको ग्राहकहरुका घरमा हाम्रो कर्मचारीहरु सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटकासाथ ३ मिटरको दुरी राखेर बिल भुक्तानीको निम्ति ग्राहकहरुका घरमा पनि आउने छन्।’