राजनीति

गगन ओलीलाई भन्छन्:हप्तौं हिँडेर घर जानेलाई प्रायोजित भन्नुहुन्छ भने आँखा/कान जँचाउनुस्

८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कानको परीक्षण गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित देख्नु गलत भएको संकेत गरेका छन् ।

पुर्ब स्वास्थयमन्त्री समेत रहेका युवा नेता थापाले अलपत्र परेका भोका नागरिकलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ठान्ने हो भने प्रधानमन्त्रीज्यू,‬ आँखा र कान परीक्षण गराउन उपयुक्त होला ! भन्ने सल्लाह दिएका छन् ।

नेता थापाको स्टाटस्ः

हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ठान्ने हो भने प्रधानमन्त्रीज्यू,‬
‪आँखा र कान परीक्षण गराउन उपयुक्त होला !