राजनीति

भ्रष्टचारको बचाउमा प्रधानमन्त्री आफैं लाग्नु आपत्ति जनकः नेता डा महत

८ बैशाख काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महता महतले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको बचाउमा प्रधानमन्त्री लाग्नु आपत्ति जनक भएको बताएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्नै नेता डा महतले स्वास्थ सामग्रीको खरिदका बिषयमा समेत प्रधानमन्त्रीले दोषीको छानबिन गरि कार्वाहिको प्रक्रिया आगाडी बढाउने प्रतिबद्धता जनाउनुको बिपरित बचाउ मै देखिनु आपत्ति जनक रहेको बताए ।

साथै उनले हजारौं नागरीक काठमाडौंमा खान वस्नको अभावमा हिँडेर घर जान वाध्य हुँदा समेत सरकारलाई थाहै नहुनु गैरजिम्मेवारी पन भएको बताएका छन् ।

जारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा भएको उनको भनाई छ ।

साथै उनले जनताले भोगेका समस्यालाई संचार माध्यमहरुले सरकारको ध्यानाकर्षण गराउदा समस्या समाधान तर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठान्नु आपत्तिजनक रहेको बताएका छन् ।

यसले सरकारको सुचना प्रविधि माथिको अविश्वास र प्रेस स्वतन्त्रता माथिको नियन्त्रण नै देखिने उनको दाबी छ ।