साहित्य

सबैजना सिकाऊने मात्रै छन्

-दिपक सञ्जेल                                                                                    -रचना

ठूलाठालु सुबिधाको बाढीमा
जनता छुटे दुखको झाडीमा
सुकुम्बासी नेता छन् महलमा
स्वआर्जन हो स्वयंको पहलमा
बन्द भए क्यै खालो सर्दैन
शक्तिशाली भोकले मर्दैन
कसले बुझ्ने खै,
संघियता बर्षौं भो नेपालमा,
कठैबरी लै ।

स्कुलको फि तिर्न नसक्ने
राम्रो शिक्षा सोच्न नै नपर्ने
दबाई नपाई बिरामी कहरमा
बिदेश जान्छन् मन्त्री ज्यू रहरमा
ठूलाठालु शक्तीको लागानी
कमाएका जनताको खुन तानी
तिनीहरको अस्पताल बन्द छ
सरकारले नि बचाऊने छन्द छ
कसले बुझ्ने खै
संघियता आएको बर्षौं भो
छैन सुधार खै ।

किसानहरू बारीमा जोतिने
खै प्रबिधी तीनलाई सुन फल्ने
पहिला पनी थिएन बजार
संघियतामा आश्वासन हजार
कृषी मन्त्रि बोल्नलाई सिपालु
बाणिज्यको योजना भो आलु
दुबैजना निन्द्रामा मस्त छन्
काम सुन्य खै केमा ब्यस्त छन्
शब्जी रून्छ बारीमा सडेर
बजार पुग्ने ईच्छा छ उडेर
पुरा भाको खै
दुःख पीँडा जस्ताको तस्तै छन्
छैन सुधार खै ।

सेवा दिन दलाल सकृय
सरकारले नै तिनलाइ पक्रिए
बलियोलाई छ चैन नै चैन
निर्धोलाई छ ऐन नै ऐन
माहामारी रोग र भोकको
रासन खानु गाली र जोकको
सबैजना सिकाऊने मात्रै छन्
ऑशु पुछ्ने पाईन्न कुनैजन्
राहत नामको औप्सनी छर्किए
श्रमजीविलाई मगन्ते पार्दिए
कठैबरी लै
संघियता ल्याएको हाम्ले हो
कसले बुझ्ने खै ?