अन्तर्राष्ट्रिय

अफगानिस्तानको राष्ट्रपति कार्यालयका ४० जना कर्मचारीमा कोरोना संक्रमण

८ बैशाख काठमाडौं । चीनको उहानबाट फैलिएको कोरोना भाईरसको माहामारीले विश्वलाई नै त्रसित पारेको छ । विभिन्न मुलुकमा गरेर आजसम्म १ लाख ६५ हजारको मृत्यु भएको छ भने २४ लाख वढी संक्रमीत भएका छन् ।

कोरोनाका कारण कलाकार, खेलाडी, विभिन्न देशका राष्टपती, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको मृत्यु हुनाका साथैं कयौं संक्रमीत पनि भएका छन् ।

यस्तै अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौं कर्मचारी कोरोना संक्रमीत भएको पुष्टि भएको छ । द न्युयोर्क टाईम्सका अनुसार उक्त कार्यालयमा ४० जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि २० जनामा संक्रमण देखिएकोमा त्यो संख्या बढेर ४० पुगेको हो ।

साथै यो विषयमा अफगानीस्तान सरकारले भने कुनै प्रतिक्रीया जनाएको मात्रै छैन राष्ट्रपति असरफ घानीमा पनि कोरोना संक्रमण छ या छैन भन्ने यकीन छैन ।

यस्तै वल्र्ड मिटरका अनुसार अपगानिस्तानमा आजसम्म ९ सय ९६ जना संक्रमीत छन् भने ३३ जनाको मृत्यु भएको छ ।