राजनीति

जनताको मन जित्ने अबसर भएपनि ओली सरकार उपदेश र भाषणमा व्यस्तः महामन्त्री खड्का

८ बैशाख काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले जनताको मनजित्ने अबसर भएपनि वर्तमान ओली सरकार उपदेश र भाषणमा व्यस्त भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत महामन्त्री खड्काले कोरोना महामारिको संकटको समयमा काम गरेर जनताको मन जित्ने सुवर्ण अवसर प्राप्त गरेको सरकार सवाल, जवाफ, उपदेश र भाषणमा उत्रिएर बुरितरह कता फस्यो कता भन्दै टिप्पणी गरेका छन् ।

साथै उनले अझै पनि अवसर रहेको भन्दै बच्ने र बचाउने ? ट्रेस, कन्ट्रयाक्ट ट्रेस, युद्धस्तरमा काम गर्न ओली सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

उनको ट्वीटः कोरोना महामारिको संकटको समयमा काम गरेर जनताको मन जित्ने सुवर्ण अवसर प्राप्त गरेको हाम्रो सरकार ? सवाल,जवाफ,उपदेश र भाषणमा उत्रिएर बुरितरह कता फस्यो कता ? अझै पनि अवसर छ,बच्ने र बचाउने ? ट्रेस, कन्ट्रयाक्ट ट्रेस, युद्धस्तरमा टेस्ट–टेस्ट–टेस्ट @PM_Nepal  सोच्नु ?