सामाजिक सञ्जाल

खगेन्द्र संग्रौलाको प्रश्नःकोरोना संक्रमण किटानगर्न पिसिआर चाहिने भए आतंककारी र्यापीड टेष्ट किन ?

८ बैशाख काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले कोरोना भए नभएको यकिन गर्न पिसिआर नै प्रयोग गर्न आवस्यक भए र्यापीड टेस्ट किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

र्यापीड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको खण्डमा समाजमा कुनैपनि व्यक्ति अपहेलीत हुनुपरेको भन्दै र्यापीड टेष्टमा सरकार अल्झिएको प्रति टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमा अगाडी लेखेका छन्ःज्ञानीहरू य्रापिड टेस्टले पोजिटिभ देखाउँदा नडराऔं,यो एन्टी बडी देखाको हो भन्दै अर्ती दिन्छन् ।

सामान्य जन पोजिटिभ भन्नासाथ भाइरस सल्केछ भन्ने बुझेर आतंकित हुन्छन् । साहित्यकार संग्रौलाले लक्षण किटान गर्न पिसीआर टेस्ट नै गर्नुपर्ने भए आतंककारी य्रापिड किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

साथै र्यापीड टेष्टमा प्राय कोरोना पोजेटिभ देखाउने व्यक्तिलाई पिसिआरमा भने नेगेटिभ देखाउँदा जनमानसमा अँझ नबुझेरै त्रास फैलिएको देखिएको छ । 

 

उनको ट्वीटः ज्ञानीहरू य्रापिड टेस्टले पोजिटिभ देखाउँदा नडराऔं,यो एन्टी बडी देखाको हो भन्दै अर्ती दिन्छन् । सामान्य जन पोजिटिभ भन्नासाथ भाइरस सल्केछ भन्ने बुझेर आतंतंकित हुन्छन्, र सल्किनेलाई कलंकको दाग लाग्छ । लक्षण किटान गर्न पिसीआर टेस्ट नै गर्नुपर्ने भए आतंककारी य्रापिड किन चाहियो ?