अन्तर्राष्ट्रिय

कोरोना प्रकोपः अमेरिकामा मृतकको संख्या ४० हजार नाघ्यो, यस्तो छ विश्वभरीको (अपडेट)

बैशाख ८ काठमाडौं । चीनको उहानबाट फैलिएको प्राण घातक भाईरस कोरोनाले विश्वभरी महामारीको रुप लिएको । मृत्यु हुने र संक्रमीतको संख्या तिब्र रुपमा वढिरहेको छ, सबैभन्दा वढी प्रभाव अमेरिकामा परेको छ । मृत्यु हुने र संक्रमीतको संख्या अमेरिकामा वढी छ ।

यस्तै विश्वभरी आजसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण एक लाख ६५ हजार ४९ व्यक्तिको मृत्यु भएको छ । यस्तै कोरोनाका कारण विश्वभर २४ लाख ७ हजार २ सय ८१ संक्रमीत भएका छन् । भने उपचारपछि ६ लाख २४ हजार ९ सय ४२ निको भएका छन् । मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको वल्र्ड मिटरले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।

यस्तै कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकारमा भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ४० हजार ५ सय ४८ को मृत्यु भएको छ भने इटलीमा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । अमेरिकामा ७ लाख ६४ हजार ३ सय ३ संक्रमीत हुँदा ईटलीमा १ लाख ७८ हजा ९ सय ७२ पुगेको छ ।

त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७ सय १८ र बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा १ लाख ९८ हजार ६ सय ७४ संक्रमीत हुँदा फ्रान्समा १ लाख ५२ हजार ८ सय ९४ र बेलायतमा १ लाख २० हजार ६७ जना संक्रमीत फेला परेका छन् ।

यस्तै यता नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् ।

टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा, १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।