प्रदेश 2

गिरिजा प्रसाद फाउण्डेशनको पहिलो चरणको स्यानिटाईजर छर्कने कार्यक्रम सम्पन्न

०७ बैशाख , वीरगंज। कोभिड १९ अर्थात कोरोना भाईरसले विश्व नै आक्रान्त भईसकेको छ । विश्वमा महामारीको रुपमा फैलि रहेको रोगका कारण लाखौं विरामी भएका छन भने हजारौं जनाले ज्यान समेत गुमाई सकेका छन ।

नेपालपनि यस रोगको प्रभावबाट अछुतो रहेनछ । नेपाल सरकारले नेपाली जनताका लागि ०७६ चैत्र ११ गते देखि लकडाउन निषेधाज्ञा जारी गरेको छ ।
जि.पि.कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै पहिलो चरणको सेनेटाईजेशन कार्यक्रम सफलताका साथ सकाएको छ ।

कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपो क्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने कार्यको पहिलो चरणको कार्य सफल भएको छ ।

पहिलो चरणमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंजको विभिन्न वडा १, २, ३,४, ५,६,७,र ८ नं वडाहरुलाई विसंक्रमित गरी सकेको छ । नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउदै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वीरगंन्जको विभिन्न वडाहरुलाई सेनेटाईज गरि सकेको बताएका छन ।

वीरगंज महानगर पालिकाको वडा नं २ छपकैयामा ३ जना भारतियहरुमा कोरोना रोग पुष्टि भएपछि वीरगंज संक्रास अवस्थामा रहेको छ । वीरगंजका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौं जनाको कोरोना रेपिड टेस्ट समेत गरिएको छ ।
सेनिटाईजेशन र्कायक्रम आज वरिगंजको १,२,३,४,५,६,७,८ नं वडाहरुमा सेनिटाईजेशन गरिएको छ भने वीरगंजको ३२ वटै वडाहरुमा सेनेटाईज गर्नै फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन । सेनेटाईजेशन गर्ने वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी,वहाब अंसारी,जाकिर अंसारी,मुत्र्तुजा मंसुरी रहेको फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराए ।