आर्थिक

एन आई सी एशिया बैंकले अत्यावश्यक सामग्री विक्री गर्नेलाई QR Code प्रदान गर्ने

७ बैसाख, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई QR Code प्रदान गर्ने भएको छ ।

धेरै समयको लकडाउनको कारण एन आई सी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ । ग्राहकरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी QR Code बाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आई सी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा QR Code प्रदान गर्ने भएको छ ।