प्रवास

चर्चित गायिका सरिश्मा अमात्यले निकालिन ढुकढुक बोलको गीत

विजय थापा, डिसी। अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै बस्दै आएकी लोकप्रिय गायिका सरिश्मा अमात्यले घर भित्र बसेर ढुक ढुक गर्ने नामक बोलको गीत सार्वजनिक गरेकी छिन् ।

कोरोना भाइरसबाट सबै भन्दा संक्रमित राष्ट्र अमेरिका भएको अवस्थामा मेरिल्याण्ड राज्यमा घरमै बस्ने कार्यकारी आदेश भएकोले उनले लक(डाउन(हिडडुल बन्देज)जस्तै भएको अवस्थामा कलाकार भएको नाताले गीत सार्वजनिक गरेकी छिन् ।

बिगत ३० दिन देखि घरभित्र नै सीमित भएको अवस्थामा उनले केही गरौ भनेर मेरिल्याण्ड राज्यमै उनको आफ्नो घर भित्रै छायाँकन गरि गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् ।

गायिका अमात्य एक व्यवसायी पनि हुन् भने उनका पति चर्चित गायक संजिप प्रधान हुन् । दुवै दम्पत्ति बेलाबेलामा समुदायका कार्यक्रममा अमेरिका बाहिर र अन्य समुदायका सांगीतिक कार्यक्रममा प्रस्तुत गर्दै आई रहेका छन् ।

गायिका अमात्यले मधुरीमा–२ वाट ढुक ढुक गर्ने गीतलाई नयाँ रुपमा प्रस्तुत गरेकी छिन् । उक्त गीतलाई सङ्गीत अनिल शाहीले दिएका छन् भने शब्द जनक दीपको रहेको छ ।

सम्पूर्ण छायाँकन मेरिल्याण्डमै गरीएको हो । उक्त गीतको निर्देशन, छायाँकन र सम्पादन गायक संजिप प्रधानले गरेका हुन् । उक्त गीत अप्रिल १८, २०२० मा सार्वजनिक गरिएको छ ।

भिडियो (श्रब्य दृश्य) हेर्न यहाँ थिच्नु होस्ः