अन्तर्राष्ट्रिय

कोरोना माहमारी फैलँदै गएपछि बेलायतमा तीनहप्ता लम्बियो लकडाउन

५ बैशाख काठमाडौं । बेलायतमा तीन हप्तासम्म लकडाउन लम्बिएको छ । बेलायतका विदेशमन्त्री डोमेनिक राबले कोरोना भाइरस फैलनलाई रोक्नका लागि ‘कम्तीमा तीन हप्ता’ लकडाउन बढाउने घोषणा गरेका छन् ।

बिसीका अनुसार, बिहीबार पत्रकार सम्मेलनमा उनले डकडाउनमा छुट दिइयो भने त्यसले सार्वजनिक स्वास्थ्य तथा अर्थव्यवस्थामा समेत खतरा हुनसक्ने बताए ।

प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित भई बिरामी भएपछि राबले नै प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

कोरोना भाइरसलाई फैलिनबाट रोक्न बेलायतले मार्च २३ बाट लकडाउन सुरु गरेको थियो । त्यहाँ जनतालाई घरबाहिर ननिस्कन आग्रह गरिएको थियो । साथै, अत्यावश्यक बाहेकका व्यवसाय बन्द गरिएको थियो ।