मनोरञ्जन

गायक रामु विरहीको आवाजमा ”भोटे लसुन ” (भिडियो सहित)

५ बैशाख काठमाडौं । नेपाली मौलिक लोक दोहोरी गीत संगीतको आफनै विशेषता रहेको छ । मौलिक सिर्जनामा आधारित गीत संगीतहरु क्म मात्रामा बजारमा आइरहेको अवस्थामा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक रामु विरही र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको ”भोटे लसुन ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु प्रेमील जोडिको प्रेमको भावलाई गीतमा समेटिएको छ । आफनी मायालुको यादमा भौतारिएको गीतमा गायकले गरेका छन । गायिका धर्तिमाले पनी आफनी प्रेमीकालाई जिवनमा अफटयारो अवस्था नआओस भन्नको लागी भगवान सगँ प्राथना गरेका छन । गाउँमा हुने प्रेमी प्रेमीका विचको मायाको सम्बन्धलाई ब्यक्त गर्नको लागी आग्रह गरिएको छ ।

राम जित मल्लको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ । ”भोटे लसुन ” गीतको भिडियोमा दिक्पल काकी ,दुर्गा केसी र सविता कार्कीको अभिनय रहेको छ । जनक अधिकारीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ ।

गितको भिडियोः

 

https://youtu.be/cS5-3Mle3Pw?t=2