मनोरञ्जन

नायीका अधिकारीको नयाँवर्षमा शुभकामनाः हरेक घरमा साँझ–बिहानी चुल्हो बलोस्

बैशख २ काठमाडौं । नायीका केकि अधिकारीले नयाँ वर्ष २०७७ सालको अबसरमा शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै नायीका अधिकारीले यो साल , साना साना सूखमा रमाउने हामी सबै नेपालीहरुको जीवन साना ठूला खुशीहरुले भरियोस् भन्ने कामना गरेकि छिन् ।

साथै उनले हरेक घरमा साँझ–बिहानी चुल्हो बलोस्, के महल, के छाप्रो, बर्षातमा कुनै छानाहरु नचुहिउन्, हिउँदमा शरिर न्यानो बनाउन कपडा पुगोस्, साना साना नानीहरुलाई पढ्नलाई किताब होस्, लेख्नलाई कापी–कलम होस्, खेतका गर्हाहरु उर्बर होस्, लहलह धानको बाला झुलोस्, भन्ने कमना पनि गरेकि छिन् ।

ट्वीट मार्फत अधिकारीले रोधिघरमा दोहोरी घन्कियोस्, मिथिलाका चित्रहरुको सर्वत्र जय जय होस्, खेल, संगीत, साहित्य र चलचित्र क्षेत्रका परिधिहरु फराकिलो होस्, विश्व मानचित्रमा हाम्रो छुट्टै पहिचान बनोस्, निर्मल बागमती काठमाण्डूको शान बनोस्, भन्ने कामना गरेकि छन् ।

उनले उत्तरपूर्वका मरुभूमिहरुबाट कफन होइन, सुनौलो भविष्य र अशाका रेमिट्यान्स फर्किउन्, बिदेशिएका सबैको स्वदेशका आफन्तजनसँग मिलन होस्, माया र आशीर्वादहरु साटिउन्, कर्मभूमिमा कर्मको बँढाई होस्, जन्मभूमिसँग मायाको नाता झनै गहिरो होस्, भन्ने कामना गरिन । नायीका अधिकारीले यो साल, साना साना सूखमा रमाउने हामी सबै नेपालीहरुको जीवन साना ठूला खुशीहरुले भरियोस्, भन्दै नव बर्ष २०७७ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकि छिन् ।

 

उनको स्टाटसः हरेक घरमा साँझ–बिहानी चुल्हो बलोस् । के महल, के छाप्रो, बर्षातमा कुनै छानाहरु नचुहिउन् । हिउँदमा शरिर न्यानो बनाउनकपडा पुगोस् । साना साना नानीहरुलाई पढ्नलाई किताब होस्, लेख्नलाई कापी–कलम होस् । खेतका गर्हाहरु उर्बर होस् । लहलह धानको बाला झुलोस् ।

रोधिघरमा दोहोरी घन्कियोस् । मिथिलाका चित्रहरुको सर्वत्र जय जय होस्। खेल, संगीत, साहित्य र चलचित्र क्षेत्रका परिधिहरु फराकिलो होस् । विश्व मानचित्रमा हाम्रो छुट्टै पहिचान बनोस् । निर्मल बागमती काठमाण्डूको शान बनोस् ।

उत्तरपूर्वका मरुभूमिहरुबाट कफन होइन, सुनौलो भविष्य र आशाका रेमिट्यान्स फर्किउन् । बिदेशिएका सबैको स्वदेशका आफन्तजनसँग मिलन होस् । माया र आशीर्वादहरु साटिउन् । कर्मभूमिमा कर्मको बँढाई होस् । जन्मभूमिसँग मायाको नाता झनै गहिरो होस् ।

यो साल, साना साना सूखमा रमाउने हामी सबै नेपालीहरुको जीवन साना ठूला खुशीहरुले भरियोस् । नव बर्ष २०७७ को यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना !!