राजनीति

कसैलाई पनि कोरोना लाग्दैन, लागिहालेछ भनेपनि म तपाईहरुसँगै हुन्छुः नेता बलायर

डोटी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री बीरबहादुर बलायरले सुदूरपश्चिमका जनतालाई सरकारले बेवास्था गरिरहे लकडाउन तोड्न बाध्य हुने बताएका छन् । नेता बलायरले एक रेडियोसँगको कुराकानीमा भारतमा काम गर्न गएका नेपालीलाई नेपाल आउन र उनीहरुलाई नेपालमा नै क्वारेन्टाईनमा बस्ने ब्यवस्था मिलाउने जिम्मा सरकारको भएको भन्दै कोरोना माहामारीको सबै रोकथाम, उपचारका लागि नेपालमा नै ब्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेता बलायरले आक्रमक हुँदै भनेका छन्, नै मुलुकबाट लाखौं लगानी लगायर प्लेन चार्टर गरि ल्यायर ज्वाँई पाले जस्तै गर्ने रु भारतमा रहेका गरिव परिवारका नागरिकलाई सिमाबाट समेत प्रवेश गर्न नदिने । यो न्यायोचित कार्य होईन राष्ट्रका लागि सबै नागरिक बराबर हुन् । बराबर अधिकार छ ।’ सरकार सैद्धानितक रुपमा हारेको आरोप लगाउँदै उनले प्रश्न गरे,“बर्गिय संघर्षबाट आएका हुँ भन्नेले गरिव मजदुरको पीडा बुझ्नु पर्दैन ? पेट पाल्न, घरपरिवार पाल्न, मजदुरी गर्न परदेशीएका हरुको भावना बुझ्नु पर्दैन ?”उनले आफू स्पष्ट रुपमा सरकारले गरेको सुदूरपश्चिमबासीको ब्यबहारबाट असन्तुष्गट रहेको बताएका छन् ।

चीनबाट नेपालीहरुलाई नेपाल ल्याँउदा प्लेन चार्टर गरेर ल्याएकोलाई जोड्दै नेता बलायरले भारतमा चौकीदारी गर्ने, होटलमा काम गर्ने, भारी बोक्ने लगायतका काम गर्नेलाई चैं हेप्ने प्रबृति देखिएको भन्दै उनीहरुलाई चीनबाट ल्याएकाको जस्तै ब्यबाहार गर्नुपर्ने बताएका छन् । उनले बिश्व नै कोरोना भाईरसक सक्रमणबाट बच्न प्रयत्नरत रहेका बेला आफूपनि बिश्व स्वास्थ्य संगठन, नेपाल सरकारले निर्देश गरेका नियमहरु पालना गर्न तयार रहेको बताउँदै सरकारले सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्न दिने गरेको निर्णय गलत भएके बताएका छन् । नेता बलायरले स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका स्वास्थय सामाग्रीहरु कमशल भएका र उक्र सामाग्रीमा भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन हुनुपर्ने बताएका छन् ।

नेता बलायरले सुदूरपश्चिम प्रदेश ७ प्रदेशमध्ये कोरोना भाईरसको संक्रमणका लागि सबैभन्दा जोखिमयुक्त प्रदेश भएको भन्दै उक्त जोखिमबाट बच्न सबैले घरबाहिर ननिस्कने, भीडभाड जम्मा नगर्ने, समय समयमा साबुन पानीले हात धुने, एकान्तबासमा बस्ने मुख्य उपाय भएको भन्दै डराउनुपर्ने अवस्था भने नभएको बताए । उनले साबधानी अपनाए कोरोना भाईरसको संक्रमण नछिर्ने भन्दै कतैबाट छिरेमा सुदूरपश्चिमका जनतासँग आफु संगै हुने बताए । उनले आफू जनताको मायाले नै बँचेको हुँदा जनता नै नभचए आफू पनि नरहने भएकाले सगै नै आउने दाबी गरे ।

नेता बलायरले सूदूरपश्चिमका मुख्यमन्त्री पनि भारतमा मजदुरी गरेर, चौकीदारी गरेर, प्रवासमा नै राजनीति गरेर आएको भनेपनि उनले दुःख पाएका सुदूरपश्चिमेली जनताको कुरा नबुझेको बताए । बलायरले प्रवासका नेपालीलाई नेपाल आउन चाहे जसरीपनि सरकारले नेपाल ल्याउन पहल गर्नुपर्ने दोहोर्याईरहे ।