समाचार

ओलीका सल्लाहकार भट्टराईलाई नेपाल टेलिभिजनले नै कम्रेड भनेपछि तीब्र बिरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना भएका छन् ।

गएराति मुटुमा अचानक समस्या देखिएपछि उनलाई आज सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार सल्लाहकार डा भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ । पछिल्लो समय डा भट्टराईको स्वास्थयमा सुधार भईरहेको काठमाडौं क्षेत्र नम्बर ४ का साँसद गगन कुमार थापाले बताएका छन् ।

सल्लाहकार भट्टराईलाई स्वास्थ्य लाभको कामना गर्दै  नेपाल टेलिभिजनको आधिकारिक फेसबुक पेजले गेट वेल सुन कम्रेड भन्दै थप बिबाद श्रृजना गरेको छ । उक्त कुराको सामाजिक सञ्जालमा जनस्तरबाट तीब्र बिरोध भईरहेको छ । प्रधानमन्त्री कार्यालयको फोसबुक स्टाटस राखेको रहटाएको घटना सेलदाउन नपाउँदै प्रधानमनत्री कार्यायल अर्को बिबादमा तानिएको छ ।