समाचार

भ्रष्टारबिरोधी अधिकृतको सरुवापछि धनराजको प्रतिकृयाः सरकार माफियाले चलाउँछ, नेता त देखिने मात्रै हुन्

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले जसले स्वास्थ्य उपकरण खरिद प्रक्रिया सम्बन्धि प्रश्न उठायो उसैलाई सरुवा ? भन्दै सरकारसँग आक्रोशित भएका छन् । स्वास्थ्य सामाग्री खसरदमा असहमती जनाउँदै आएका अधिकृतमाथी सरकारले कारागारमा सरुवा गरेको समाचार पढेपछि नेता गुरुङ आक्रोशित हुँदै भ्रष्टाचार बिरुद्व निर्मम बन्ने @PM_Nepal ज्युको प्रतिबद्वता प्रति सरकारबाटै उपहास? हैन यो सरकार कसले चलाइरहेछ हँ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । नेता गुरुङले साँसदमा बिगतमा बोलेको कुरा कोट्याउँदै सरकार त माफियाले चलाउँछ। नेताहरु त देखिने पात्र मात्रै हुन् भन्ने कुरा स्मरण गराएका छन् ।

नेता गुरुङको स्टाटस्ः जसले स्वास्थ्य उपकरण खरिद प्रक्रिया सम्बन्धि प्रश्न उठायो उसैलाई सरुवा ? भ्रष्टाचार बिरुद्व निर्मम बन्ने @PM_Nepal ज्युको प्रतिबद्वता प्रति सरकारबाटै उपहास? हैन यो सरकार कसले चलाइरहेछ हँ? ‘सरकार त माफियाले चलाउँछ। नेताहरु त देखिने पात्र मात्रै हुन्।’-संसदमा वोलेको थिएँ।