सामाजिक सञ्जाल

प्रवक्ता शर्माको टिप्पणीः कमरेड केटाकेटीपन त्यागौं न ल !

काठमाडौं । सरकारले लकडाउनपछि काठमाडौंमा अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुर्याउने पुर्याउने भनेर दुई निर्णय गरेको प्रति प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आलोचना गरेको छ ।

सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हचुवाको भरमा कुनै निर्णय लिएर पछि हटेको भन्दै उनले यस्तो भनेका छन्ः बोल्नुअघि दर्जनपटक सोचौं, जिम्मेवार बोल्दैछु ? निर्णय लिनुझपुर्व सयपटक सोचौं, ब्यवहारिक हुनेछ रु निर्णय बदल्नुपुर्व सोचौं यो कति सहि छ ? प्रवक्ता शर्माले गम्भीर परिस्थितिमा जिम्मेवार तहले बढीनै परिपक्वता राख्नुपर्ने भन्दै नत्र घच्घच्याउंदै हामीले भन्नैपर्ने हुन्छ ।

शुक्रबार सरकारले काठमाडौंमा अलपत्र परेका नागरिकलाई घर जान दिनका लागि दुईदिन सवारी साधन चल्न दिने भनेको केहि घण्टामै फेरी आफ्नो निर्णयबाट पछि हटेको थियो । सरकारको उक्त हर्कतको अहिले व्यापक रुपमा सामाजिक सञ्जालहरुमा आलोचना भईरहेको छ ।

समाजिक सञ्जाल फेसबुक, ट्वीटरमा विभिन्न राजनीतिक दलका नेता कार्यकतादेखी लिएर नागरिकबाट पनि सरकारको आलोचना भईरहेको छ । सरकारले उक्त निर्णय गम्भिर रुपमा सोचविचार नगरि हचुवाको भरमा गर्दै फेरी कुरा फेरेपछि सरकार आलोचीत बनेको छ ।

 

उनको ट्वीटः बोल्नुअघि दर्जनपटक सोचौं, जिम्मेवार बोल्दैछु ? निर्णय लिनुझपुर्व सयपटक सोचौं,ब्यवहारिक हुनेछ ? निर्णय बदल्नुपुर्व सोचौं यो कति सहि छ ? गम्भीर परिस्थितिमा जिम्मेवार तहले बढीनै परिपक्वता राख्नुपर्छ नत्र घच्घच्याउंदै हामीले भन्नैपर्ने हुन्छ कमरेड केटाकेटीपन त्यागौं न लझ !