अन्तर्राष्ट्रिय

कोरोनाः मृत्यु हुनेको संख्या ९६ हजार नजिक, १६ लाखबढी संक्रमीत/उपचारपछि ३ लाख ५५ हजार नीको

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ७ सय १४ पुगेको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय १० जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितको संख्याका हिसाबले सबैभन्दा धेरै प्रभावित अमेरिकामा बितेको २४ घण्टामा १८ सय ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार २ सय ८६ पुगेको अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६३ पुगेको छ ।

स्पेनमा १५ हजार ४ सय ४७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ । यस्तै फ्रान्समा १२ हजार २ सय १० र बेलायतमा ७ हजार ९ सय ७८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर बितेको २४ घण्टामा ८४ हजार ४ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित १६ लाख २ हजार ६ सय १९ जना मध्ये ३ लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् भने ४९ हजार १ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ।