प्रदेश 1

प्रदेश नं १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन श्यया

बिराटनगर । प्रदेश नं १ मा ४१ क्वारेन्टइन श्यया थपिएका छन् । आज प्रदेशका विभिन्न सात स्थानमा ती श्यया थपिएका हुन् । सरकारले निर्माण गरेको कूल २६१ स्थानको श्यया सङ्ख्या अब चार हजार १४८ पुगेको छ ।

आइसोलेशन चार हजार ८०० र श्यया सङ्ख्या ४३२ नै यथावत् छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार आजसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या जम्मा ६०२ छ । जसमा ५२ महिला र ५५० पुरुष छन् । आजसम्म पाँच महिला र १५ पुरुषलाई क्वारेन्टाइनबाट घर पठाइएको छ ।

यसैगरी आइसोलेसनबाट पठाइएकामा आठ महिला र १४ पुरुष छन् । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दो क्रममा छ । आज १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल सङ्ख्या तीन हजार १११ छ । महिला ५८१ र पुरुष दुई हजार ५३० रहेका छन् ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन श्यया सञ्चालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।

यसैगरी प्रदेशमा हालसम्म १७८ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १४३ पुरुष छन् ।