राजनीति

वर्तमानको समीक्षा गरौ, भबिस्यको चुनौती र अबसरको मूल्यांकन गरौः डा महत

काठमाडौं । नेपाली कांग्रेसको स्थापना दिवसका अवशरमा काँग्रेस सहमहामन्त्री डा प्रकाश सरण महतले सम्झना गरेका छन् । हिजोमात्र कर्णालीबाट काठमाडौमा बस्ने मजदुर तथा बिद्यार्थीहरुलाई माक्स, राहत बाँडेका डा महतले आज पार्टीको स्थापना दिवशको अवशरमा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने २००७ सालको क्रान्तिको अगुवाई नेपाली कांग्रेसले गरेका दाबी गरेका छन् ।
सहमहामन्त्री डा महतले स्थापना दिवशको अवशरमा भनेका छन्,

‘आज चैत्र २७, नेपाली कांग्रेसको स्थापना भएको दिन। २००६ चैत्र २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातांत्रिक कांग्रेस पार्टीको एकीकरण भयर नेपाली कांग्रेस पार्टीको स्थापना भयको थियो। नेपाललाई आधुनिक युगमा प्रवेश गराउने २००७ सालको क्रान्तिको अगुवाई नेपाली कांग्रेसले गर्यो। नेपाली राजनीतिको हरेक अग्रगामी परिवर्तनको अगुवाई पनि कांग्रेसले गर्यो।
आज फेरि देश अन्योल र संकटमा छ।नेपाली जनताले जसलाई बिस्वास दिएका थिय अब निराशा छन। यो अन्योल बाट निकास दिने अगुवाई कांग्रेसले गरोस भन्ने चाहेका छन।आज यो गौरबसाली पार्टीको स्थापना भएको दिन हामी सबै घर घर मा छौ। यसबेला हामी इतिहासलाई स्मरण गरौ, वर्तमानको समीक्षा गरौ, भबिस्यको चुनौती र अबसरको मूल्यांकन गरौ। हाम्रो लडाई को संग छ? त्यो बुझौं। एकतामा हाम्रो शक्ति छ। आफू बिच शत्रु देख्ने हाम्रो कमजोरी हो। त्यो हटाऊँ। एक हौं।शक्ति बढाऊँ। दृष्टिकोण स्पष्ट राखौं। चुनौती सामना गर्न तयार हौं।’