-भोजराज आचार्य -कविता
मुड्कीले छातीमा हान्छु तिम्रै याद दिलाउँछ
बगेका अश्रुका धारा, गलामै बिलाउँछ
निधारमा छामी हेर्छु, चिसोतातो केहिपनि
बोध हुँदैन सम्झन्छु कि त मरेँछु मै पनि
मनले भन्छ मेरो, केहि हुन्न आफू मरे
मेरो देश बाँचिरहोस बचाउने कर्म गरे
के के हो फैलँदैछ देशमा कारोना नामले गरी
केहीले नछोओस कहिलै हराभरा सधैंभरी
फेरि चेष्टा हुन्छ साखे, बाँच्नैपछ भन्ने पनि
मान्दैन मनले फेरि कर्म जे जे गरे पनि
नपाउन दुःख कसैले गाँस, बास कपासको
नछुटोस सद्भाव कहिलै नेपाली एकआपसको !!