सामाजिक सञ्जाल

रवि लामिछाने भन्छन्ः अब प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले एउटा गतिलो भ्रष्टाचारी समातेर उसको सम्पती जफत गर्दै त्यस्बाट राष्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उक्त कुरा बताएका हुन् । उनले सरकारलाई आग्रह गर्दापनि तलवबाट पैसा काटेछ भने उनले भनेका छन्, ‘मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु ।’ उनले अब प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो भन्ने दाबी गरेका छन्।

उनको स्टाटस्ः एउटा गतिलो भ्रष्टाचारी समाउ सरकार र उसैको अकुत सम्पत्ति बाट अग्रपंक्तिमा उभिएका रास्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउ। तलब काट्ने होइन। सरकारले पैसा काटेछ भने, मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु। प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो।