राजनीति

डा भट्टराईको प्रस्ताबः राजनीतिक आग्रह पुर्बाग्रहबाट मुक्त भई कोरोना नियन्त्रणमा लागौं

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि बिश्वको झण्डै आधा जनसंख्या लकडाउनको अवस्थामा रहेको बताएका छन् । उनले कोरोना संक्रमण बिश्वब्यापी समस्या भएका बेला सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सकारात्मक सोच राख्नुपर्ने बताएका छन् । सबैलाई घरपरिवारमा रमाउने तथा आफ्नो रुची अनुसार सबैले ब्यस्त रहने वातावरण बनाउन अग्रह गरेका छन् । सफाईकर्मी, संचारकर्मी, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, बिजुलीको काम गर्नेहरुलाई बिशेष धन्यबाद दिँदै डा भट्टराईले यो बिचित्रको अनुभब भएकोले यस्तो बेलामा तनावमुक्त हुनुपर्ने बताएका छन् डा भट्टराईले तनावमुक्त भए धेरैभन्दा धेरै रोग प्रतिरोधात्मक क्षमताको बिकास हुने भन्दै देशमा हिमाल, पहाड तराईका सुन्दर दृष्य देख्न सकिने बताएका छन् ।

संघीय समाजबादीका अध्यक्ष समेत रहेका डा भट्टराईले बिदेशमा बसेर नेपाल र आफ्नो परिवारको माया भएर आएकाहरुलाई पनि १५ दिन एकान्तबासमा बसेरमात्र आफ्नो परिवारसँग जोृडिन आग्रह गरेका छन् । प्रदेश र स्थानीय तहको तालमेल मिलाउने तथा स्थानीय तहमा एउटा संयन्त्र बनाएर अगाडी बढ्न आग्रह गरे ।

डा भट्टराई पार्टीका दलगत स्वार्थभन्दा माथी उठेर काम गर्नुपर्ने भन्दै मानव जाती चेतनशील प्राणी भएकोले कोरोना भाईरसलाई पराजित गर्न सक्ने बताएका छन् । उनले भिडियो शन्देश प्रबाह गर्दै एउटा ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्ने हुँदा सबैले नियम मान्नुपर्ने धारणा राखे । राज्य र जनताको सहकार्य हुनुपर्ने भन्दै सर्बपक्षीय संयन्त्र जरुरी भएको बताए । उनले मानिसलाई जिवन र स्वतन्त्रता दुबै आवश्यक पर्ने बताए ।

डा भट्टराईले स्वास्थ्य क्षेत्रका बिज्ञको सल्लाह लिएर कोरोना नियन्त्रणका प्रयास गर्नुपर्ने भन्दै डुब्दै गएको अर्थतन्त्र उकास्न आर्थिक क्षेत्रका बिज्ञहरुसंग हात मिलाएर अगाडी बढ्नुपर्ने भनेका छन् ।