आर्थिक

अति आवश्यक खाद्य वस्तुहरुको स्टक बारे आपूर्ति मन्त्रीको नेतृत्वमा अनुमगन एवम् छलफल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, आपूर्ति सचिव वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा निर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणाली बारे जानकारी लिन नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ सँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक, माग एवम वितरण प्रणाली बारे संघका पदाधिकारीहरुसंग छलफल गरेका छन् ।

उक्त अवसरमा आपूर्ति समितिको सभापति देवेन्द्र भक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको र सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको बताए । उक्त अवसरमा माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले वितरण प्रणाली बारे सन्तोष व्यक्त गरे ।